डुंगामा सवार १३ जनाकाे उद्दार


 


सुनसरी, असार २९
सुनसरीको प्रकाशपुरस्थित कोसीको स्पर नम्बर ३४७८ नजिकै मंगलबार मध्यान्ह काठको डुंगा पल्टिँदा बेपत्ता भएकामध्ये १३ जनाकाे उद्दार गरिएकाे छ । सुनसरीको प्रकाशपुरबाट सुनसरीकै श्रीलंका टापुतर्फ गइरहेको काठको ढुंगामा अत्याधिक यात्रु रहेका कारण दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
क्षमताभन्दा बढी यात्रु बाेकेका कारण डुंगा दुर्घटनामा परेकाे प्रहरीले जनाएकाे छ । हराएका दुइ जना अझै पनि बेपत्ता छन । मंगलबार मध्यान्ह सुनसरीकाे प्रकाशपुरबाट श्रीलंका टापुतिर दाउरा खाेज्न जानेक्रममा डुंगा दुर्घटनामा भएको थियो ।
प्रहरी, स्यानीय माझी र स्थानीय बासिन्दाले खाेजी तथा उद्दार कार्य गरेका थिए । साे डुंगामा सवार दुइ जना सुनसरी प्रकाशपुरका पवन चन्द्रवशी र रिता चन्द्रवंशी भने अझै वेपत्ता रहेकाे प्रहरीले जनाएकाे छ ।
यो पनि पढ्नुहोस

प्रकाशित मिति: २९ असार २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्