कनकाई नदीमा बगेर एक जनाको मृत्यु

सुरुङ्गा (झापा), साउन २
कनकाई नदीले बगाएर बेपत्ता बनेका शिवसताक्षी नगरपालिका–७ का २९ वर्षीय कमल फुयाँलको शव फेला परेको छ ।
प्रहरीले आइतबार राति फुयाँललाई बगाएको ठाउँबाट झण्डै ५०० मिटर तल मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरि शर्माले जनाकारी दिनुभयो । शिवसताक्षी–१० दोमुखामा नदी तर्दै गर्दा फुयाँल बगेर बेपत्ता भएका थिए । रासस
प्रकाशित मिति: २ श्रावण २०७४, सोमबार