अर्थमन्त्री कार्कीलाई भोजपुरे सेवा समाजको बधाई



काठमाडौँ, साउन २

भोजपुरे सेवा समाज, काठमाडौँले अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई बधाई तथा शुभकामना प्रदान  गरेको छ ।

समाजका अध्यक्ष पासाङदोर्ची शेर्पाले मन्त्री कार्कीलाई बधाई–पत्र दिदै भने , “आज फेरि भोजपुरले तपाईंजस्तो असल मन्त्री पाएको छ । यो समग्र भोजपुरेको लागि खुुसीको कुरा हो ।

आफ्नो जन्मभूमिलाई शिरमा राखेर यहाँले सत्कार्य गर्नुहुनेमा हामी पूर्ण विश्वस्त छौँ ।” मन्त्री निवास पुल्चोक पुगेर समाजले उहाँलाई बधाई ज्ञापन गरेको हो ।

मन्त्री कार्की भोजपुरे नेता हुनुहुन्छ । बधाई ज्ञापन गर्न मन्त्री निवास पुगेको टोलीमा अध्यक्ष शेर्पासहित परिषद् अध्यक्ष दयाकृष्ण न्यौपाने, उपाध्यक्ष देवी घिमिरे, महासचिव नाराण न्यौपाने, सदस्य रेजिन श्रेष्ठ, श्याम साङसोङ लगायत हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News