मुग्लिन सडकखण्ड सञ्चालनमा


 


 

चितवन, साउन ३

नारायणगढ–मुग्लिन सडकखण्डको जलवीरेमा आज बिहान खसेको पहिरो पन्छाएपछि सवारी आवागमन सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार बिहान ४ः३० बजे खसेको पहिरो पन्छाएर ६ः३० बजेदेखि सवारी आवागमन सञ्चालन गरिएको हो ।

रातको समयमा सो सडक बन्द गरिँदै आएको छ । बिहान ४ बजेदेखि सडक खुल्ने भएपनि ४ः३० बजे पहिरो खसेर सडक अवरुद्ध भएपछि यातायातका साधन रोकिएका थिए ।

पहिरो खसेको ठाउँ मुग्लिनबाट सात किमी नारायणगढतर्फ पर्छ । सडक विस्तारका क्रममा भित्तो काटिएको ठाउँमा पहिरो खस्ने क्रम बढेपछि सो सडक राति बन्द गरिँदै आएको छ । रासस

प्रकाशित मिति: ३ श्रावण २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्