७.७ रिक्टरको भूकम्प, क्षतिको विवरण आउन बाँकी



वासिङटन, साउन ३

रुसमा सोमबार साँझ शक्तिशाली भूकम्प गएको समाचार छ । रुसमा करिब ७.७ रिक्टर स्केलको भूकम्प मापन गरिएको समाचारमा जनाइएको छ ।

रुसको पूर्वी तटीय क्षेत्रमा केन्द्रबिन्दु बनाएर आएको सो भूकम्प निकै शक्तिशाली भएको बताइएको छ । यद्यपि यसबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण भने आउन बाँकी रहेको बताइएको छ ।

यसका कारण सुनामीको खतरा रहेको सूचना सुरुमा जारी गरिएपनि पछि भने त्यसलाई हटाइएको छ । सुरुमा सुनामीको त्रास रहेको भएपनि त्यसको केही घन्टापछि भने त्यो सूचना हटाइएको छ ।

प्यासिफिक सुनामी वार्निङ सेन्टरले सो भूकम्पका कारण हुनसक्ने सुनामीको खतरा नरहेको भनी पछिल्लो सूचना जारी गरेको थियो ।

केही तटीय क्षेत्रमा समुद्रको पानी बाहिर आउनसक्ने देखिए पनि पछि भने त्यो खतरा नरहेको सो केन्द्रले जानकारी दिएको रुसी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

सुनामी सम्बन्धी प्रकोप नियन्त्रण केन्द्रका अधिकारीहरुले सो सुनामीको प्रारम्भिक मापनमा समुद्रको कतिपय तटीय क्षेत्रमा ०.३ मीटरसम्म पानी माथि आउन सक्ने देखिएको बताइएको थियो ।

अमेरिकी भौगर्भिक सर्वेक्षण केन्द्रले उक्त भूकम्पको गहिराई ११.७ किलोमीटर मात्र रहेको बताएका थिए । भूकम्पको उद्वारकार्य भइरहेको जानकारी दिइएको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News