नेपाल आइडलबाट बिदा भइन् केन्जल




काठमाडौं, साउन ७
नेपाल आइडलको टप टेनबाट काठमाडौंकी केन्जल मेहर श्रेष्ठ बाहिरिएकी छन् । शुक्रबार भएको एलिमिनेसन राउण्डबाट उनी भोटको आधारमा बिदा भएकी हुन् ।

टप १० को एलिमिनेसन राउन्डमा केन्जलसँगै प्रमिला राई र उल्सन श्रेष्ठ पनि डेन्जर जोनमा परेका थिए । तर, तीन जनामा पनि कम भोटको आधारमा केञ्जल आउट हुन पुगिन् ।

केञ्जल आउट भएपनि उनले परिणाम सहजै स्वीकारिन् । केन्जलको क्षमताको जार्जहरुले रामै्र प्रसंशा गरे । उनी हारेर गएपनि जितेर गएको भान भएको जर्जहरुले बताएका थिए ।

जर्ज इन्दिरा जोशीले केन्जललाई ‘मोस्ट फेमस स्टार अफ नेपाल आइडल’ भनेर घोषणा गरिन् । उनले प्रतियोगिताको पुरस्कार राशी २० लाख रुपैयाँ र गाडी केन्जलले आफै कमाउन सक्ने विश्वास दिलाइन् ।

प्रतियोगिताबाट आउट भएपछि पनि केन्जलले जर्ज न्ह्यु बज्राचार्यको अनुरोधमा ‘आमा’ गीत गाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News