बेसीशहरका तीन पसलमा आगलागी, लाखौँको क्षति



लमजुङ, साउन ८

बेँसीशहरका तीन पसलमा गए राति आगलागी भएको छ । बेँसीशहर सात, हाइस्कूल चोकस्थित हेमप्रसाद घिमिरेको घरमा रहेका तीनवटा पसलमा आगलागी भएको हो ।

आगलागीबाट पसलमा पूर्ण क्षति पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रामबहादुर विकको सुनचाँदी पसल, मीना अधिकारीको तरकारी पसल र कृष्ण विकको किराना पसल जलेर नष्ट भएको छ ।

राति १ बजे आगलागी भएको खबर प्राप्त भएको प्रहरी नायब उपरीक्षक समीरचन्द्र खरेलले बताउनुभयो । प्रहरी, स्थानीयवासीको सहयोगमा दमकल प्रयोगगरी आगो नियन्त्रण गर्न करिब एक घण्टा लागेको थियो ।

विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने अनुमान प्रहरीको छ । आगलागीबाट लाखौँ रुपैयाँको क्षति भएको छ । घटना र क्षतिको विषयमा अनुसन्धान भइरहेको प्रनाउ खरेलले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News