मलेसियामा एक नेपालीको मृत्यु



राजविराज, साउन ९

वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया गएका सप्तरीका एक नेपाली युवाको आइतबार मृत्यु भएको छ । मृत्यु हुनेमा साबिक सिस्वा बेल्ही गाउँ–६ घर भएका ३१ वर्षीय युवा रामेश्वर साह हलुवाई रहेको पारिवारजनले जनाएको छ ।

मलेसियास्थित मुलटी नामक कम्पनीमा कार्यरत रामेश्वर खाना खाएर काम गर्न गएका बेला उनलाई छाती दुख्न थालेपछि केनाङ्ग–३ को देसाचेमेर्लाङ्ग क्लिनिकमा उपचारका लागि भर्ना गरे पनि उनको मृत्यु भएको बताइएको छ । ३ वर्षअगाडि उनी रोजगारीको सिलसिलामा मलेसिया गएका थिए ।

एकदमै गरिब परिवारमा जन्मिनुभएका रामेश्वरका बुबा, आमा, तीन छोरी र पाँच महिनाकी गर्भवती पत्नी छन् । मलेसियामा मृत्यु भएका आफ्ना छोराको शव नेपाल ल्याई दिनका लागि सम्बन्धित निकाय र नेपाल सरकारलाई परिवार जनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News