कंग्रेसका ६ सांसद पाँच दिनको लागि निलम्बित


 


नयाँदिल्ली, साउन १०
लोकसभाकी सभामुख सुमित्रा महानले सोमबार कंग्रेसका ६ सांसदलाई ५ दिनको लागि निलम्बित गरेकी छिन् । बोफोर्स मुद्धासम्बन्धी छलफल हुँदा सभामुख महाजनमाथि कागज फ्याँकेपछि सांसदलाई  निलम्बित गरिएको हो ।

कंग्रेसका गौरव गोगाई, के सुरेश, रञ्जन चौधरी, रञ्जित रञ्जन, सुष्मिता देव र एके राघवनलाई निलम्बित गरेको जनाइएको छ । एजेन्सी 

प्रकाशित मिति: १० श्रावण २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्