काठमाडौं र युवाको संघर्षमाथि गायक भिषण मुकारुङको यस्तो ‘मन छुने’ गीत (भिडियो सहित)



गायक भिषण मुकारुङ काठमाडौं र युवाको संघर्षलाई समेटिएको गीत ‘कोही उदास’ को भिडियो लिएर आएका छन् ।

उनको ‘चन्द्र मुखी’ एल्बममा समावेश रहेको यो गीतमा युवा संघर्ष र उनीहरुको पिडा समावेश गरिएको छ । विहिबार आफ्नो जन्म दिनको अवसरमा उनले भिडियो सार्वजनिक गरेका हुन् ।

गीतको शव्द शुभ मुकारुङले लेखेका हुन् भने संगीत बलराम समालले गरेका हुन् । विज्ञान राईले निर्देशन गरेको भिडियोमा योगेन्द्र राई, करण धिताल, पल्पसा डंगोल लगाएतको अभिनय रहेको छ ।

गायक मुकारुङको जन्मदिनको अवसरमा सार्वजनिक गरिएको भिडियो विज्ञान र योगेन्द्रले निर्माण गरेका हुन् । गायक मुकारुङले आफ्नो करिअरकै सबैभन्दा उत्कृष्ट र जिवन्त गीत भएको सुनाए ।

उनले जिवनमै पहिलो पटक विना लगानी म्यूजिक भिडियो निर्माण भएको भन्दै विज्ञान र योगेन्द्रलाई धन्यवाद समेत दिए । गीतका शुभ मुकारुङले आफुले नेपाली समाजको यथार्थलाई शव्दमा उतारको बताए ।

कार्यक्रममा उपस्थित नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ श्रवण मुकारुङ, गायक राजेशपायल राई, संगीतकार पारस मुकारुङ, नायक दयाहाङले राई लगायतले जिवन्त गीत बनेको बताए ।

भिडियो

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News