रहेनन् सलमान खानका खास मित्र बलिउड अभिनेता इन्दर कुमार


 


एजेन्सी

बलिउड अभिनेता इन्दर कुमारको शुक्रवार बिहान देहान्त भएको छ । ४४ वर्षको उमेरमा शुक्रवार बिहान २ बजे हृदयघातका कारण अँधेरीस्थित आफ्नो निवासमा मृत्यु भएको हो ।

उनले सलमान खानसँग ‘वान्टेड’ र ‘तुमको न भूल पाएंगे’ लगायतका फिल्ममा सँगै काम गरेका थिए । उनी हाल ‘फटी पडी है यार’ फिल्मको शूटिङ गरिरहेका थिए ।

इन्दरले २० भन्दा बढी फिल्महरुमा काम गरिसकेका छन् । उनि सलमान खानका नजिकका साथि थिए । उनको दाहसंस्कार आजै बेलुका मुम्बईमा गरिनेछ । उनी सलमानको खास मित्रको रुपमा चिनिन्थे ।

प्रकाशित मिति: १३ श्रावण २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्