नेपाल आइडलबाट बिदा भइन् सन्ध्या जोशी


 


काठमाडौं, साउन १३

धनगढीकी सन्ध्या जोशी नेपाल आइडलबाट बाहिरिएकी छिन् । एपी वान टिभीबाट प्रसारण भइरहेको रियालिटी शो नेपाल आइडलबाट सन्ध्या जोशी यो साता बाहिरिएकी हुन्।

२३ वर्षिया जोशी यसअघि पनि पटक पटक डेन्जर जोनमा पर्दै आएकी भए पनि बचेकी थिइन् । यो साता भने उनी बाहिरिइन्।

शुक्रबार भएको एलिमिनेसन राउण्डबाट उनी भोटको आधारमा बिदा भएकी हुन् । टप ९ को एलिमिनेसन राउन्डमा सन्ध्यासँगै सुजता पाण्डे र प्रताप दास पनि डेन्जर जोनमा परेका थिए । तर, तीन जनामा पनि कम भोटको आधारमा सन्ध्या आउट हुन पुगेकी हुन् ।

नेपाल आइडलमा अब निशान भट्टराई, बुद्ध लामा, सुरज थापा, प्रताप दास, सागर आले, उल्सन श्रेष्ठ, सुजाता पाण्डे र प्रमिला राई प्रतियोगी रहेका छन्।

प्रकाशित मिति: १३ श्रावण २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्