खोल्साले बगाएर र भीरबाट लडेर बृद्ध बृद्धाको ज्यान गयो



नुवाकोट, साउन १४

नुवाकोटमा खोल्साले बगाएर एक बृद्रधाको ज्यान गएको छ । अविरल वर्षासँगै अमारे खोल्सामा आएको बाढीले बगाएर तादी गाउँपालिका–४ साविक सुन्दरादेवी गाविस–२ का रामबहादुर श्रेष्ठको मृत्यु भएको छ ।

शुक्रबार साँझ ६:३० बजेतिर खोलाले बगाएको ६० वर्षीय श्रेष्ठलाई खोजी गर्ने क्रममा ३०० मिटर तल खोल्सा किनारमा शव भेटिएको इलाका प्रहरी कार्यालय खरानीटारका प्रहरी निरीक्षक कृष्ण विष्टले जानकारी दिनुभयो ।

सातबिसे बजारबाट घर फर्कदै गरेका श्रेष्ठले बाढी आइरहेको खोल्साबाट तर्न खोज्दा बगाएर ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै, दुप्चेश्वर गाउँपालिका–६ साविक समुन्द्रटार गाविस–४ स्थित नौबिसे भिरबाट लडेर ७३ वर्षीया विष्णुकुमारी कुइँकेलको मृत्यु भएको छ । घरबाट खेततर्फ जाँदै गरेका कुइँकेलको भिरबाट लडेर घटनास्थलमा नै ज्यान गएको प्रहरी निरीक्षक विष्टले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News