एक बिहानै गोरखामा पराकम्प


 


काठमाडौं, साउन १

शुक्रबार बिहानै गोरखामा भूकम्पको पराकम्प गएको छ । बिहान ५ बजेर ९ मिनेट जाँदा गोरखा केन्द्रबिन्द भएको ४ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो चार दिनपछि भएको पहिलो पराकम्प हो । यसअघि गएको सोमबार बेलुका ५ बजेर ३९ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्प गएको थियो ।

वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पपछि अहिलेसम्म पनि पराकम्प गैरहेका छन् । ठूलो  भूकम्पपछि साना पराकम्प जाने भएकाले नआतिन तर सचेत भने रहन केन्द्रले आग्रह गर्दै आएको छ ।

प्रकाशित मिति: १ श्रावण २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्