चिनियाँ राष्ट्रपति भने– दुश्मनलाई पराजित गर्न सेना सक्षम छ


 



बेइजिङ, साउन १६ (एजेन्सी)
भारतसंग सीमामा भइरहेको सैन्य तनाबका बीच चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो सेना दुश्मनलाई पराजित गर्न सक्षम भएको दाबी गरेका छन् ।

चिनियाँ सैन्य दिवसका अवसरमा राष्ट्रपति जिनपिङले भने, ‘हाम्रो सेनाले कुनै पनि आक्रमणलाई पराजित गर्न सक्छ ।’ चिनियाँ सेनाको ९० औं स्थापना दिवसका अवसरमा एक परेड आयोजना गरिएको छ । राष्ट्रपति जिनपिङले परेड अवलोकनसमेत गरे ।

सो अवसरमा जिनपिङले सेनाको लडाकुपन बढाउन र सेनामा सुधार तथा आधुनिकिकरणमा जोड दिएका थिए । ‘इतिहासले प्रमाणित गरेको छ, चिनियाँ सेना बहादुर छ र देशको निर्माणका लागि लड्छ,’ उनले भने, ‘सबै आक्रमणकारी दुश्मनलाई पराजित गर्न र चीनको राष्ट्रिय सम्प्रभुता रक्षाका लागि कृतसंकल्प र सक्षम छ ।’

 

प्रकाशित मिति: १६ श्रावण २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्