जानकी भन्छिन्, ‘नाँच्दैछु छमछम’


 



काठमाडौं, साउन १७

नवगायिका जानकी कुँवरले तीजको अवसरमा ‘नाँच्दैछु छमछम’ बोलको तीज विशेष म्युजिक भिडियो सार्वजनिक गरेकी छन् ।

उद्धव प्याकुरेलको शब्द रहेको गीतमा जानकीलाई ऋषि खड्काले स्वरमा साथ दिएका छन् । आफ्नै स्वर तथा लयमा जानकीले सार्वजनिक गरेको म्युजिक भिडियोलाई रुचाइएको छ ।

कृष्ण चैसिरको छायांकन र विनोद सुन्दाशको निर्देशनमा बनेको म्युजिक भिडियोमा जानकी आफैले अभिनय पनि गरेकी छन् ।

उनीसंगै धु्रब हिमाली र कृष्ण गौतमले पनि गीतमा अभिनय गरेका छन् । विष्णु शर्माले सम्पादन गरेको म्युजिक भिडियोलाई सुन्दाश फिल्मसले बजारमा ल्याएको हो ।

हेर्नुहोस् भिडियो …

प्रकाशित मिति: १७ श्रावण २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्