साउन ४ र ५ गते सार्वजनिक बिदा


 


काठमाडाै‌, साउन १
संविधानको प्रारम्भिक मस्यौदामाथि अाम नागरिककाे राय सुझाव लिन सरकारले यही साउन ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ। सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्ताे निर्णय गरेकाे हाे।
सभासद्हरुको आ–आफ्नो निर्वाचन क्षेत्रमा उपस्थित भई सुझाव सङ्कलन गर्ने कार्यलाई मध्यनजर गरी सुझाव सङ्कलन कार्यमा खटिएका कर्मचारी, सुरक्षा निकायका कर्मचारी र अत्यावश्यक सेवामा प्रत्यक्षरुपमा संलग्न कर्मचारीबाहेकलाई साउन ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रालयका प्रवत्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिए।
‘सुझाव सङ्कलन कार्यमा खटिएका कर्मचारी, सुरक्षाा निकायका कर्मचारी र अत्यावश्यक सेवाका कर्मचारीले भने बिदा पाउने छैनन्,’ उनले भने।

प्रकाशित मिति: १ श्रावण २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्