प्रवासी पत्रकारिताबारे जर्मनीमा छलफल


 



फ्र्यांकफर्ट, साउन २०

प्रवासी पत्रकारिताको सम्भावना र चुनौतीबारे जर्मनीको फ्र्यांकफर्टमा छलफल भएको छ । युरोपबाट सञ्चालित अनलाईन पत्रिका नेपाली नेपाली डट कमको तेस्रो वार्षिकोत्सव अवसर पारेर सो विषयमा प्यानल छलफल भएको हो ।

प्रवासमा रहेर अप्ठ्यारा परिस्थिति झेल्दै नेपाली पत्रकारितालाई निरन्तरता दिइरहेको सहभागीले बताएका थिए। बीबीसी नेपाली सेवाका भगिरथ योगीले प्रवास पत्रकारिताका सम्भावना र चुनौतीमाथि प्रस्तुति दिएका थिए । सूचना प्रविधिसँगै पत्रकारितामा आएको परिवर्तन र त्यसका सकारात्मक र नकारात्मक पक्षबारे बहस भएको कार्यक्रमका सहभागीले अनलाइनहरुको विश्वसनीयताबारे चिन्ता व्यक्त गरेका थिए ।

छलफलमा गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जिवा लामिछाने, बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपाली, बीबीसी नेपाली सेवाका भगिरथ योगीलगायतकाे सहभागिता थियाे ।

प्रकाशित मिति: २० श्रावण २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्