नेपाल आइडलबाट आउट भए उल्सन श्रेष्ठ


 


काठमाडौं, साउन २०

खोटाङका उल्सन श्रेष्ठ नेपाल आइडलबाट बाहिरिएका छन् । एपी वान टिभीबाट प्रसारण भइरहेको रियालिटी शो नेपाल आइडलबाट श्रेष्ठ यो साता बाहिरिएका हुन् ।

शुक्रबार भएको एलिमिनेसन राउण्डबाट उनी भोटको आधारमा बिदा भएका हुन् । टप ८ को एलिमिनेसन राउन्डमा उल्सनसँगै सागर आले र सुरज थापा पनि डेन्जर जोनमा परेका थिए । तर, तीन जनामा पनि कम भोटको आधारमा उल्सन आउट भएका हुन् ।

नेपाल आइडलमा अब निशान भट्टराई, बुद्ध लामा, सुरज थापा, प्रताप दास, सागर आले, सुजाता पाण्डे र प्रमिला राई प्रतियोगी रहेका छन्।

प्रकाशित मिति: २० श्रावण २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्