सलमान खान फेरि अदालत!


 


मुम्बई, साउन २० (एजेन्सी) : भारतीय बलिउड अभिनेता सलमान खान फेरि अदालत पुगेका छन् ।

यसपटक उनी १८ वर्ष पुरानो मुद्दाको फैसला सुन्न अदालतमा उपस्थित भएका हुन्। १८ वर्ष अगाडि हतियार राखेको मुद्दामा यसै वर्षको जनवरी १८ मा जोधपुरको अदालतले उनको पक्षमा फैसला सुनाएको थियो।

उनी ५ मिनेट मात्र अदालतमा उपस्थित भए। यो मुद्धामा २० जनासँग बयान लिइएको थियो।

सलमान खान माथि १९९८ मा ‘हम साथ साथ हे’ को सुटिङको क्रममा हरिणको शिकार गरेको र लाइसेन्स रद्ध भइसकेको हतियार राखेको आरोप लागेको थियो।

प्रकाशित मिति: २१ श्रावण २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्