‘सम्मान मेरो’ गीति एल्बम विमोचित


 


काठमाडौँ, साउन २३

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले गायक भुवन सुप्तीहाङ राईको ‘सम्मान मेरो’ पाँचौ गीति एल्बम आज विमोचन गर्नुभएको छ ।

एल्बममा बुद्धवीर लामा, जितेन्द्र रसिक, विश्वकाजी राईलगायत १० रचनाकारको सुगम गीत संग्रह गरिएको छ ।

यहाँ आयोजित कार्यक्रममा जोशीले राष्ट्रियता र सामाजिक एकतालाई बलियो बनाउन स्रष्टा लाग्नुपर्नेमा जोड दिँदै ग्रामीण भेकको जनजीवनमा बोलिने भाषाका आधारमा गीत बनाउन सकेमा स्वदेशी लोक संस्कृतिकोसंरक्षण हुने बताउनुभयो ।

गीतकार लामाले राम्रो गीतको रचना गर्नका लागि समाजमा हुने विभिन्न घटनाको प्रभाव महत्वपूर्ण आधार हुने अनुभव बताउनुभयो ।

चलचित्र निर्देशक डब्बु क्षेत्रीले एल्बमका केही रचनामा प्रचलित नेपाली भाषाको शब्द बिग्रिएकाले सञ्चाउन आग्रह गर्नुभयो ।

प्रकाशित मिति: २३ श्रावण २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्