पार्टी एकतापछि साझा र विवेकशीलका कार्यकर्ताबीच कतारमा भेटघाट


 



दोहा, साउन २४
पार्टी एकतापछि दोहामा रहेका विवेकशील पार्टी तथा साझा सद्धभाव समूहका कार्यकर्ताबीच भेटघाट तथा चियापान समारोह सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै साझा सद्भाव समूहका संरक्षक नारायण बिष्टले प्रबासमा रहेका तमाम विवेकशील अनि साझा सद्धभाव राख्ने कमर्ठ युवाहरुलाई एकै छत्रछायाँमा समेटेर अगाडी बड्ने प्रण गर्दै प्रबासबाटै भएपनि हर नकारात्मक कुराहरुको खण्डन र खबरदारी जरुरी रहेको बताए ।

विवेकशील पार्टी कतारका कार्यपालिका प्रमुख सुरेश भट्टले विवेकशील र साझा समूहबीच अब हुने भाईचाराको सन्देश हर तहमा पुर्याउनुपर्ने भन्दै भट्टले आजको आवश्यकता एकता र भाईचारा रहेको बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै विवेकशील पार्टी कतारका अध्यक्ष पदम भण्डारीले विवेकशील र साझा पार्टीको एकताको महत्व र आवश्यकताबारे स्पष्ट पारेका थिए भण्डारीले सम्भावना बोकेका पार्टीहरुबीच एकता हुनु वर्तमानको खाँचो रहेको बताए ।

साझा सद्धभाव समुह कतारका संयोजक राजन सापकोटाले एकै उद्देश्य बोकेर देश प्रति बफादार बन्दै अघि बढेको दुबै शक्तिबीच एकता हुनुले समृद्धी र पारदर्शिताको सासन हाम्रै पालामा सम्भव छ भन्ने अँझै बलियो विश्वास रहेको बताए ।

कार्यक्रममा विवेकशीलका रामजी पन्त, दिपक लगायतले समेत मन्तब्य ब्यक्त गरेका थिए । कतारमा रहेका तत्कालिन दुइ पार्टीका कार्यकर्ताबीच पनि एकता गरिने तयारी भइरहेकाे छ ।

 

प्रकाशित मिति: २४ श्रावण २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्