श्रीमतीसँग घुम्न जाँदा गर्लफ्रेण्डले देखेपछि सडकमै हंगामा ! (भिडियोसहित)


 



एजेन्सी

भारतको झारखण्ड राज्यअन्तरगत जमशेदपुरमा आफ्नी श्रीमतीलाई लिएर घुम्न गएका एक युवकलाई बाटोमा गर्लफ्रेण्डले भेटेपछि हंगामा भएको छ । घटना आइतबार भएको बताइएको छ । यो भिडियो विभिन्न सोसल साइटहरुमा निकै भाइरल भइरहेको छ ।

जयप्रकाश उद्यान नजिकै ती पति पत्नी घुम्न गएका थिए । अचानक युवककी गर्लफ्रेण्डले देखिन् । त्यसपछि युवक पत्नीलाई लिएर त्यहाँबाट हिँड्न खोजिरहेका थिए तर गर्लफ्रेण्डले उनीहरुलाई रोक्दै युवकलाई पटक पटक आफूसँग जान कर गरिरहेकी थिइन् ।

कारमा बसेकी पत्नीले पनि अर्की युवतीलाई निकै गाली गरिन् । युवकले ती हल्लाखोर गर्ने युवतीलाई समात्न आसपास बसेकालाई अनुरोध गरे । तर, ती युवतीको पारा देखेर कसैले यस्तो हिम्मत गरेनन् ।

हेर्नुहोस् भिडियो :

https://www.youtube.com/watch?v=DKI9W8TGnRE

प्रकाशित मिति: २५ श्रावण २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्