नायिका ऋचालाई पनि स्वाइन फ्लू


 


मुम्बई, एजेन्सी

आमिर खान र उनकी श्रीमती किरण रावलाई स्वाइन फ्लू भएको खबर बाहिर आएको केही पछि बलिउडकी अर्की नायिका पनि यो रोगको शिकार भएको बताइएको छ । नायिका ऋचा चड्डालाई पनि स्वाइन फ्लू भएको खबर बाहिरीएको हो ।

ऋचा चाँडै नै नयाँ फिल्म ‘फुकरे रिटर्नस’ मा देखिनेछिन् । प्राप्त जानकारी अनुसार सोमबार फिल्मको ट्रेलरको प्रिभ्यू हुनु थियो तर स्वाइन फ्लूका कारण ऋचा कार्यक्रममा पुग्न सकिनन् ।

उनले सोसल मिडियामा मास्क लगाएको एउटा फोटो पोष्ट गरेकी छिन् । चाँडै ठिक हुनका लागि डाक्टरले उनलाई मास्क लगाउन सल्लाह दिएका छन् ।

प्रकाशित मिति: २५ श्रावण २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्