अक्षयकाे ‘ट्वाइलेट : एक प्रेम कथा’बाट किन प्रभावित भए हरियाणाका पञ्चायत मन्त्री ?


 



मुम्बई, भदौ १
भारतको हरियाणाका सबै गाउँमा अक्षकुमारको फिल्म ‘ट्याइलेटः एक प्रेम कथा’ देखाइने भएको छ ।

हरियाणका पञ्चायत मन्त्री ओमप्रकाश धनखडका अनुसार सबै जिल्ला विकास र पञ्चायत अधिकारी (डीडीपीओ) लाई आ–आफ्नो जिल्लाको सबै गाउँमा फिल्म देखाउन विशेष शो को व्यवस्था गरिएको छ ।

उनले यो निर्णय पञ्चायती राज संस्थाका प्रतिनिधिलाई स्वच्छतामा बढी जागरुक बनाउन फिल्म देखाउन लागिएको बताए । जुन फिल्मले स्वच्छतामा बढी जोड दिएको छ ।

हरियाणामा पछिल्लो पटक विकासले गति लिएको छ । सबै गाउँमा विजुली, सिँचाइलगायतको व्यवस्था भएको छ ।

प्रकाशित मिति: १ भाद्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्