कठै ! धुर्मुसका आँखामा आँसु, यस्तो कसरी भयो ?


 


सँधै अरुलाई हसाउँने हाँस्यकलाकार सिताराम कट्टेल (धर्मुस) रोएका छन् । उनी एक आगलागी पीडितको पीडामाथि फेरी बाढीको पीडा थपिएको घटनाले विहिबार भकानिएका हुन् ।

काठमाण्डौबाट मधेशका बाढी पीडितको राहत तथा उद्धारको लागि मधेस झरेका उनी सर्लाहीको लालबन्दीको माझी परिवारका एक महिलाको आगलागीमा परेर शरिर जलेको र उपचारको अभावमा जीवन मरणको दोसाँधमा रहदैं गर्दा बाढीबाट थप पीडामा परेपछि धुर्मुस भक्कानिदै ती महिलाको उपचारमा जुटेका छन् ।

६ महिनादेखि थलिएकी रत्नेदेवी माझीलाई धुर्मुसले उद्धार गरेर अस्पताल पु¥याएका छन् । तराई डुबेपछि राहात र उद्धारका लागि सर्लाही पुगेका उनले जीवन मरणको दोसाँधमा रहेकी लालबन्दी ५ बेतीनी, माझी गाउँकी रत्नेदेवीलाई उपचारका लागि बर्दिबास जनसेवा अस्पतालमा भर्ना गरेका हुन् ।

राहत सामाग्री र मेडिकल टोलीसहित सर्लाही लालबन्दी पुगेका धुर्मुसले त्यस क्षेत्रका बाढी पीडितलाई राहात वितरण गरेका छन् ।

माझी गाउँमा रहेका २६ परिवारमध्ये कतिपय पीडितहरु राहत लिनबाट बञ्चित भएको हुनसक्ने भन्दै बस्ती घुमेका धुर्मुसले रत्नेदेवीलाई भेटेका थिए ।

राहत सामग्री लिन जान समेत नसकेकी उनको हात, खुट्टा डढेको देखेपछि आफुले वर्षौँ अघि दालले पोलेर डेढ महिना थलिएको पिडा सम्झेको धुर्मुसले बताए ।

‘आगोले पोल्दाको पिडा मैले राम्रोसँग अनुभव गरेको छु, त्यसैले रत्नेदेवीलाई अस्पताल पु¥याएको हुँ ,’धुर्मुसले भने ।

६ महिना अघि लुगाबाट सल्किएको आगोले रत्नेदेवीको पुरै शरिर डढेको थियो । चरम गरिबीका कारण गतिलो उपचार हुन नसक्दा उनको हातखुट्टा नशा समेत खुम्चिसकेको देखेपछि धुर्मुस सुन्तली फाउण्डेशन, बर्दिबासका होटल व्यवसायी हिरा गौतम र मेडिकल टोलीले उनको उपचारका लागि अस्पतालमा लगेको हो ।

अस्पतालमा उपचारपछि रत्नेदेवी घाउ निको हुने भएपनि खुम्चिएका नशालाई सोझ्याउन भने अपरेशन गर्नु पर्ने चिकित्सकले बताएका छन् । त्यसका लागि उनलाई केहि दिनपछि काठमाण्डौँ पठाइने फाउण्डेशनका अध्यक्षसमेत रहेका कट्टेलले बताएका छन् ।

प्रकाशित मिति: १ भाद्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्