नेपाल आइडलबाट आउट भए सुरज थापा


 


काठमाडौं, भदौ २
नेपालगञ्जका सुरज थापा नेपाल आइडलबाट बाहिरिएका छन् । एपी वान टिभीबाट प्रसारण भइरहेको रियालिटी शो नेपाल आइडलबाट थापा यो साता बाहिरिएका हुन् ।

शुक्रबार भएको एलिमिनेसन राउण्डबाट उनी भोटको आधारमा बिदा भएका हुन् । टप ६ को एलिमिनेसन राउन्डमा सुरजसँगै निशान भट्टराई र सुजता पाण्डे पनि डेन्जर जोनमा परेका थिए । तर, तीन जनामा पनि कम भोटको आधारमा सुरज आउट भएका हुन् ।

नेपाल आइडलमा अब निशान भट्टराई, बुद्ध लामा, प्रताप दास, सागर आले, सुजाता पाण्डे प्रतियोगी रहेका छन्। अब यी पाँच प्रतियोगीमध्ये दुई प्रतियोगी आउट हुनेछन् भने तीन प्रतिस्पर्धीमध्ये एकजना प्रथम नेपाल आइडल हुनेछन् ।

प्रकाशित मिति: २ भाद्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्