यी हिरोइन्, जसले नोकरको काम गरिन्, पछि वल्र्ड रेकड राखिन्


 


एजेन्सी

भारतको साउथ फिल्म इन्डस्ट्रीमा कैयौ स्टारहरुले आफ्नो अलगै पहिचान बनाएका छन् । तर, एउटा कलाकार, जसले कसैले नगरेको काम गरेर चर्चा कमाइन् । आची अर्थात मनोरमा जो साउथ फिल्मी उद्योगकी स्टार ।

आची नामबाट प्रशिद्ध मनोरमा साउथ फिल्मकी कमेडियन कलाकार हुन् । उनले १५०० बढी फिल्ममा काम गरिन् भने पाँच हजार बढी स्टेज कार्यक्रम गरिन् । यसका साथै उनले कैयौं टिभी शो मा पनि अभिनय गरिन् । १५०० बढी फिल्ममा अभिनय गरेकै कारण उनले गिनीज वर्ल्ड रेकर्डमा समेत आफ्नो नाम दर्ता गरिन् ।

 

को हुन् मनोरमा ?
उनको सुरुवाती दिन निकै कष्टपूर्ण थियो । उनकी आमा विरामी भइन् । उनी त्यो बेला ११ वर्षकी मात्रै थिइन् जतिबेला उनले पढाई छोेडिन् । घरमै नोकर जस्तै भएर काम गर्न बाध्य भइन् ।

उनको परिवारको आर्थिक अवस्था राम्रो थिएन । मनोरमाको पालनपोषणका लागि पनि उनकी आमालाई पनि नोकरजस्तै भएर काम गर्नुपरेको थियो ।

जब मनोरमा १२ वर्षकी भइन् तब उनको परिवारमा कायापलट भयो । उनले फिल्ममा काम गर्ने मौका पाइन् । १२ वर्षको उमेरदेखि सुरु भएको उनको अभिनय कला २०१३ सम्म जारी रह्यो । उनले केही फिल्मा गीत पनि गाएकी छन्, जो निकै चर्चित पनि बने ।

उनको अभिनय कला तब रोेकियो जब उनी बिरामी भइन् । २०१३ मा बिरामी भएकी मनोरमाको निधन १५ मा भयो । दुई वर्षको समयमा उनको शरीरका केही अंगले काम गर्न छोडेका थिए।

उनको मृत्युले पुरै साउथ फिल्म इन्डस्ट्री शोकमग्न भएको थियो । उनी यो दुनियामा रहिनन् तर, पनि उनी जस्तो स्टारको अझै जन्म हुन सकेको छैन ।

प्रकाशित मिति: ३ भाद्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्