बार्सिलोना आक्रमणमा मृत्यु तथा घाइते हुने ३४ देशका नागरिक, थप एकको मृत्यु


 


 

बार्सिलोना, भदौ ४

स्पेनको प्रहरीले बार्सिलोना र क्याम्ब्रिल्समा बिहीवार हमला गराएका जिहादी समूहका तीनजना सदस्यको खोजी भइरहेको जनाएको छ ।

अधिकारीहरूका अनुसार खोजी भइरहेका तीनजनामा प्रसिद्ध पर्यटकीय गन्तव्य लस क्याम्ब्रिलसमा भ्यान जोताउने युनिस अबुयाकुब पनि रहेका छन् ।

यसअघि अधिकारीहरूले आक्रमणको मुख्य संदिग्ध मूसा ओकाबिर भएको र उनी मारिएको बताइसकेको छ । स्पेनमा भएको दुई छुट्टाछुट्टै आक्रमणमा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । घटनामा करिब १०० जना घाइते भएका स्पेनी नागरिक सुरक्षा मामिला हेर्ने सरकारी निकायले जनाएका छन् ।

उक्त संस्थाका अनुसार घटनामा मृत्यु हुने तथा घाइते हुनेमा विभिन्न ३४ देशका नागरिक रहेका छन् । घटनामा फ्रान्स, पाकिस्तान, स्पेन, नेदरल्याण्ड, चीन, भेनेजुयला, मौरीटानिया, अष्ट्रेलिया, बेलायत, आएरल्याण्ड, बेल्जियम, पोर्चुगल, अष्ट्रेलिया, ग्रीस, हङ्गेरी, मेसेडोनिया, अष्ट्रिया, टर्की लगायतका देशमा नागरिक परेका जनाइएको छन् ।

आक्रमणपछि केही सामान्य उपचारपछि घर फर्केका छन् भने ५९ जनाको उपचार भइरहेको र उनीहरूमध्ये १५ जनाको स्थिति गम्भीर रहेको अधिकारीहरूले बताएका छन् । मारिएका सातजनामध्ये पाँचजना स्पेनका नागरिक रहेको तथा इटली र पोर्चुगलका एकएकजना भएको पुष्टी भउको बताइएको छ । रासस

प्रकाशित मिति: ४ भाद्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्