अमेरिकी जलसेनाको पानीजहाज सिंगापुरको समुद्री क्षेत्रमा दुर्घटना


 


एजेन्सी, भदौं ५

सिंगापुरको समुद्री क्षेत्रमा अमेरिकी जलसेनाको पानीजहाज दुर्घटना भएको छ । एक अर्को व्यापारिक पानीजहाजसँग समुद्री क्षेत्रमा ठोक्किएपछि अमेरिकी जलसेनाको पानीजहाज दुर्घटना भएको बताइएको छ । पानीजहाजको खोज तथा उद्दार कार्य भइरहेको छ ।

क्षेप्यास्त्र नष्ट गर्ने क्षमताको ’यूएसएस जोन मक्केन’ लाइबेरियाको झण्डा रहेको अर्को पानीजहाजसँग ठोक्किएको बताइएको छ । अमेरिकी जलसेनाको पानीजहाज दुई महिनामा दोस्रो पटक यस्तो गम्भिर प्रकृतिको दुर्घटनामा परेको हो ।

अमेरिकी जलसेनाको उक्त पानीजहाज आफ्नो नियमित बन्दरगाहतर्फको यात्रामा सिंगापुरमा रहेको थियो र पछिल्लो दुर्घटना मलाका स्ट्रेट्सबाट पूर्वतर्फ भएको ठानिएको छ । अर्को पानीजहाज लाइबेरियाको झण्डा सहितको ठूलाे तेल ट्याकंर भएको बताइएको छ ।

प्रकाशित मिति: ५ भाद्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्