एनआरएनए नाइजेरियाद्वारा बाढीपीडितका लागि राहत संकलन


 



नाइजेरिया, भदौ ६
अफ्रिकास्थित गैर आबासीय नेपाली संघको नाइजेरिया समन्वय समितिले नेपालका बाढीपीडितका लागि राहत सहयोग संकलन सुरु गरेको छ ।

संघको कार्य समिति बैठकमा चिरञ्जीवी रोका , जनक बिस्ट , रोशन थापा , बिश्वास पौडेल ,मन थापा, अभिषेक सिह , दिपेन्द्र यादब र भरत रिजाल प्रतेकले १०० अमेरिकी डलर गरि आठ सय अमेरिकी डलर रकम सहयोग गरेका छन ।

संघका सचिब रोशन थापाका अनुसार आगामी २६ अगस्टमा हुने संघको छैटौं महाधिवेशन सम्म थप संकलन गरि एनआरएनए बाढीपीडित कोषमा सहयोग पठाइनेछ ।

यस अघि संघका प्रमुख सल्लाहकार तथा अन्तरास्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापाले एनआरएनए बाढीपीडित राहत कोषमा रु ५१००० जम्मा गरिसकेका छन्  ।

प्रकाशित मिति: ६ भाद्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्