धेरै कमाई गर्ने दुनियाकै यी हुन् १० कलाकार, को–को छन् ?


 


मुम्बई, भदौ ८
दुनियामै सबैभन्दा धेरै कमाई गर्ने १० कलाकारमा बलिउडका केही धुरन्धर कलाकारहरु पनि पर्न सफल भएका छन् ।

दीपिका पादुकोण भलै दुनियाकै सबसे महंगी हिरोइनको लिष्टमा आउन सकिनन्, तर, सलमान खान, शाहरुख़ खान र अक्षय कुमार विश्वका १० मा परेरका छन् । जसले भारतीय सिनेमा क्षेत्रको नाम उच्च बनाएका छन् ।

फोर्ब्स म्यागेजिनले विश्वभरका सबैभन्दा धेरै कमाउने कलाकारहरुको सूची सार्वजनिक गरेको हो । यो सूचीमा ट्रान्सफार्मसका हिरो मार्क वाह्लबर्ग पहिलो स्थानमा छन् । यो सूचीमा हलिउड र बलिउडका तीन कलाकारबीचको दुरी लामो छ ।

यो वर्ष रईस र जब हैरी मेट सेजल लिएर बक्स अफिसमा आएका शाहरुख़ खान ३८ मिलियन डलर कमाइसंगै यो सूचीमो आठौं स्थानमा परेका छन् । ट्यूबलाइटकै कारण आफ्नो इमोशनल रूप देखाएका सलमान खान नवौं स्थानमा परेका छन् । र उनले ३७ मिलियन डलर कमाए ।

यो सूचीको १० औं नम्बरमा अक्षकुमार परेका छन् । उनको आय ३५.५ मिलियन डलर देखाइएको छ । अक्षयले यस वर्ष जोली एलएलबी–२ र ट्वायलेट एक प्रेम कथा रिलिज़ भएको छ ।

यी दुबै फिल्मले सय करोड भन्दा बढी कमाइ गरेका छन् । विश्वभरका कलाकारहरुको एक वर्ष अर्थात ९ जून २०१६ देखि जून २०१७ सम्म ७२० मिलियन डलर कमाई भएको आँकलन गरिएको छ।

प्रियंका चोपडा अभिनित हलिउड फिल्म ‘बेवाच’ हिरो ड्वेन जाेन्सन ६५ मिलियन डलर कमाउँदे यो सूचीको दोस्राे स्थानमा परेका छन् ।

त्यस्तै, दीपिका पादुकोण अभिनित फिल्म ‘एक्सएक्सएक्स : रिटर्न अफ एक्सएन्डर केज’ का हिरो विन डिजल ६४.५ मिलियन डलर कमाउँदै शीर्ष १० कलाकारको तेस्रो नम्बरमा परेका छन् ।

प्रकाशित मिति: ८ भाद्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्