संविधानको मस्यौदामा सुझावै सुझाव


 


काठमाडौं, साउन ६

संविधानको पहिलो प्रारम्भिक मस्यौदामाथि देशभित्र र बाहिरका नेपालीले लाखौं सुझाव दिएका छन् । संविधानसभाको नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले दुईदिने राष्ट्रिय अभियानका रूपमा सञ्चालन गरेको सार्वजनिक सुनुवाइ लगायतका कार्यक्रमहरूमा लाखौं सुझाव प्राप्त भएका हुन् ।

संविधानसभा सचिवालयमा सोझै र विद्युतीय माध्यमबाट मात्रै २६ हजारभन्दा बढीले आफ्नो सुझाव दर्ज गराएका छन् । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रिय अभियानबाट प्राप्त सुझावका आधारमा सकेसम्म धेरैलाई स्वीकार्य हुनेगरी मस्यौदा परिमार्जन गरिने बताए ।

‘छिटपुट घटनाबाहेक देशभरि नै अत्यन्त उत्साहका साथ सुझाव संकलन कार्यक्रम सम्पन्न भएका छन्,’ सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा दिनभरि ज्ञापनपत्र बुझ्न व्यस्त सभाध्यक्ष नेम्वाङले भने, ‘सिंगो देश यो प्रक्रियामा सहभागी भएको छ । अाजको कान्तिपर दैनिक लेख्छ कार्यक्रम बहिष्कार गर्ने पक्षले पनि संविधानको पहिलो एकीकृत मस्यौदामा फरक मत राखेर संविधान निर्माण प्रक्रियामा सहभागिता जनाउने भएको छ ।’

प्रकाशित मिति: ६ श्रावण २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्