बाबाकी प्यारी छोरी सुजाता पाण्डे नेपाल आइडलको टप–५ बाट आउट



काठमाडौं, भदौ ९
एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको नेपालको चर्चित रियालिटी शो नेपाल आइडलको टप–५ बाट सुजाता पाण्डे बाहिरिएकी छिन् ।

शुक्रबार भएको एलिमिनेसन राउण्डबाट बुटवलकी पाण्डे भोटको आधारमा आउट भएसँगै उनको नेपाल आइडलको यात्रा समाप्त भएको हो ।

सुजाता नेपाल आइडलको टप ५ मा एक मात्र महिला प्रतिस्पर्धी थिईन । टप-५ को एलिमिनेसन राउन्डमा सुजातासँगै बुद्ध लामा र प्रताप दास बटम थ्री मा परेका थिए ।

तर, तीन जनामा पनि कम भोटको आधारमा सुजाता आउट भएकी हुन् भने बुद्ध र प्रताप सुरक्षित बनेका छन् । सुजातालाई बाबाकी प्यारी छोरीको रुपमा पनि चिनिने गरेको थियो ।

बुद्ध लामा पहिलो पटक बटम थ्री मा परेका हुन् । प्रताप चौथो पटक डेन्जर जोनमा परेका हुन् ।

नेपाल आइडलमा अब निशान भट्टराई, बुद्ध लामा, प्रताप दास, सागर आले प्रतिस्पर्धी रहेका छन् । अब यी चार प्रतियोगीमध्ये एक जना अर्काे हप्ता आउट हुनेछन् भने तीन प्रतिस्पर्धीमध्ये एकजना प्रथम नेपाल आइडल हुनेछन् ।

अबको हप्ता एक प्रतिस्पर्धी बाहिरिएपछि टप थ्री प्रतिस्पर्धी मध्ये ग्रान्ड फिनाले हुने र त्यसैबाट पहिलो नेपाल आइडल चुनिने बताइएको छ ।

ग्रान्ड फिनाले कतारमा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News