विदेशबाट फर्कि नसक्दै चेलीको अस्मिता लुट्नेहरु


 


 काठमाडौं, साउन ६

ललितपुर प्रहरीले तनहुँको दमौली गाविस–९ का ४२ वर्षीय डम्बरबहादुर अधिकारीलाई १८ वर्षीय युवती बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ । वैदेशिक रोजगारीबाट फर्केकै दिन अधिकारीले असार ३१ गते लमजुङ घर भई ललितपुर उपमहानगरपालिका–१३ कुसुन्ती बस्दै आएकी १८ वर्षीय एक युवतीलाई होटलमा लगेका थिए ।

तिम्रो घर पुर्याइदिन्छु भन्ने आश्वासन दिएर गत ट्याक्सीमा राखी झुक्याई ‘आज रात पर्यो, भोलि जाउँला’ भन्दै मानभवनस्थित एक होटलमा पुर्याई करणी गरेको युवतीले बयान दिएकी छन् । युवतीको जाहेरीका आधारमा अधिकारीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको छ । रासस

प्रकाशित मिति: ६ श्रावण २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्