एम ए प्रथम वर्षको परीक्षाफल प्रकाशित


 


काठमाडौं, साउन ६

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७१ साल मङ्सिरर/पुस महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह एमए प्रथम वर्ष २०७० मैथिली र भूगोल विषयका परीक्षाको परीक्षाफल बुधबार प्रकाशन गरिएको छ ।

यसैगरी त्रिवि परीक्षा नियन्त्रण कार्यालयद्वारा २०७१ सालमा सञ्चालित कानुन सङ्कायतर्फ एलएलवी प्रथम वर्ष पूरा को परीक्षाको परीक्षाफल पनि बुधबारनै प्रकाशन गरिएको छ ।

प्रकाशित मिति: ६ श्रावण २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्