सहारा दिँदै, बलात्कार गर्दे


 


काठमाडौं,  साउन ७
दुई वर्षदेखि नाताले काका पर्ने तनहुँ, दमौलीका ४२ वर्षीय डम्बरबहादुर अधिकारीबाट बलात्कृत हुँदै आएकी चितवनकी १८ वर्षीया सबिना गौतम (परिवर्तित) ले ठूलो आँट गरेर ललितपुर प्रहरीमा उजुरी दिइन्। कतारमा कार्यरत डम्बर असार ३१ गते नेपाल फर्कंदै थिए, असार २४ गते उजुरी दर्ता भयो महानगरीय प्रहरी परिसर, ललितपुरमा।

अरु बेलाझैं उनले त्यस दिन पनि भतिजीबाट यौनप्यास मेट्ने योजना बनाएका थिए। सबिनाले सबै कुरा प्रहरीलाई जानकारी दिइन्। असार ३१ गते राति १० बजे डम्बरले सबिनालाई आफन्तको घरबाट ललितपुर, मानभवनस्थित एक होटलमा पुर्याए।

राति १ बजे डम्बर सबिनामाथि उही कर्तुत दोहोर्याफउँदै थिए, प्रहरी पुगे र रंगेहात पक्राउ गरे। डम्बर अहिले अनुसन्धान क्रममा ललितपुर प्रहरीकै हिरासतमा छन्। उनीविरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता गरिएको छ, ललितपुर जिल्ला अदालतमा।

‘डम्बरविरुद्ध जबर्जस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेका छौं,’ महानगरीय प्रहरी परिसर, ललितपुर प्रमुख एसएसपी पिताम्बर अधिकारीले भने। पीडित किशोरी ‘साथी’ नामक संस्थाको आश्रयमा छिन्।

सबिनाको अन्तर्कथा

घरझगडाका कारण उनका आमाबाबु छुट्टिए। बाबुले अर्को विवाह गरे। कान्छी आमा र बाबु दुवैले उनीप्रति ध्यान पुर्याकउन छाडे। बाबु कमाउन दुबई गए।

आरोपित डम्बर पनि कामको सिलसिलामा कतार थिए। उनले त्यहीँबाट सबिनालाई फोन गरे र सहर राखेर पढाइदिने इच्छा व्यक्त गरे।

‘काकाको कुराले निकै खुसी भएँ,’ साथी संस्थामा रहेकी सबिनाले बुधबार नागरिकसँग पीडा पोख्दै भनिन्, ‘त्यसपछि उनैले भनेको गुरुङसेनी महिलासँग पोखरा गएँ।’ सबिना पोखरामै छात्रावास बसेर पढ्न थालिन्।

‘छात्रावास र कलेज खर्च सिधै होस्टेल वार्डेनलाई पठाइदिन्थे,’ उनले भनिन्, ‘आफूबाहेक कुनै व्यक्ति आउँदा बाहिर नपठाउने सर्तमा राखेका थिए।’ छात्रावास बस्न थालेको चार महिनापछि डम्बर कतारबाट नेपाल आए।

उनले सबिनालाई आफूसँगै घर पुर्यापए दसैं मनाउन। त्यसको दुई महिनापछि मंसिरमा पुनः कतारबाट पोखरा आए र गाउँबाट फर्केपछि दिउँसै लज पुर्यािए।

त्यो दिनको तिथिमिति उनलाई याद छैन। त्यही दिन हो उनको पहिलोपटक अस्मिता लुटिएको।

‘मलाई छात्रावासबाट निकाले र पोखराकै एक होटेल पुर्या एर जबर्जस्ती गरे,’ सबिनाले गहभरि आँसु पार्दै सुनाइन्, ‘छोरीजस्ती मान्छे, मलाई यस्तो नगर्नुस्, प्लिज भनेँ, तर उल्टै धम्की दिँदै जबर्जस्ती गरिरह्यो।’

परिवारलाई यो कुरा भने मारिदिने धम्की दिएको उनले सुनाइन्। ‘तँलाई यही काम गर्न यत्रो खर्च गरेको, यो कुरा कतै भनिस् भने परिवारैलाई मारिदिन्छु भन्थ्यो।’

त्यस दिन सबिनालाई छात्रावास पुर्या्एर उनी कतार फर्के। सबिनाले घटनाबारे आफ्नी काकीलाई बताइन् तर काकीले आफूलाई पढाइदिने मान्छेले भनेको कुरा मान्दै जाऊ भनेपछि अरू कसैलाई केही नभनेको सुनाइन्।

छात्रावासमा सबिना कडा अनुशासनमा राखिएकी थिइन्। डम्बरले आफू मात्र मुख्य अभिभावक भनेर अरु कसैसँग बाहिर नपठाउने सर्त राखेर भर्ना गरिदिएकाले उनी बन्धनमा थिइन्।

त्यसयता डेढ महिना, तीन महिना अवधिमा डम्बर कतारबाट आउँथे र छात्रावासबाट घर लैजाने भन्दै निकालेर कहिले बन्दीपुर, कहिले पोखरा त कहिले हवाईजहाजबाट काठमाडौं ल्याएर होटलमा राख्थे र प्यास मेट्थे।

‘पोखरा आउनुअघि घरका परिवारलाई कतारबाटै अन्यत्र जान लागेको भनेर झुक्याउँथ्यो अनि होस्टेलमा आउँथ्यो,’ सबिनाले सुनाइन्।

कतारबाट पनि दिनदिनै फोन गरेर सताउने गरेको उनी बताउँछिन्। ‘भनेको नमाने नांगो फोटो सबैलाई देखाइदिने धम्की दिन्थ्यो,’ उनले भनिन्, ‘जबर्जस्ती गरेकै बेला मेरो फोटो खिच्थ्यो, त्यो मलाई पनि भाइबरमा पठाइदिन्थ्यो र अरूलाई भने फोटो देखाइदिने धम्की दिन्थ्यो।’

डम्बरले आफूलाई बिहे नगर्नसमेत दबाब दिने गरेको उनले नागरिकसँग कुराकानीमा बताइन्। ‘विवाह गरिस् भने केटा र तँलाई मारिदिन्छु भन्थ्यो,’ उनले भनिन्, ‘बिरामी हुँदा पनि जबर्जस्ती गर्थ्यो।’

त्यसो त यो जन्जालबाट उम्कन सबिनाले उपाय नसोचेकी होइनन्। तर उनलाई साथ दिने कोही भएन। विदेशमा रहेका बाबुलाई फोन गरेर पैसा पठाइदिन भनिन्। ‘बुबाले पनि उसै (डम्बर) लाई फोन गरेर पैसा दिनु भन्नुभएछ,’ सबिनाले भनिन्, ‘पैसा भएको मान्छे, सबैले उसैको सपोर्ट लिन्थे, म एक्ली बन्दै गएँ।’

बलात्कार पीडाले उनमा तनाब थपिँदै गयो। पढाइ बिग्रियो। ‘यही तनाबले ११ कक्षामा विषय लाग्यो, १२ कक्षाको परीक्षा पनि सबै बिग्रियो,’ उनले भनिन्, ‘कक्षामा म टोलाएर बस्दा साथीहरु सोध्थे, म केही होइन भन्थेँ।’

१२ कक्षा सकिएपछि कतार लगेर जागिर लगाइदिने भन्दै डम्बरले एक महिनाअघि उनलाई छात्रावासबाट निकालेर काठमाडौं ल्याएका थिए।

‘उतै जागिरमा लैजाने भन्थ्यो, ड्राइभिङ, भाषा सिक्न र पासपोर्ट बनाउन काठमाडौं बस्नुपर्छ भनेर ल्या’को थियो,’ उनले भनिन्।

आफन्तकहाँ बसिरहँदा पनि उनलाई त्यही चिन्ताले सताउँथ्यो। आफूलाई परेको समस्या एकदिन एउटी महिलालाई बाँडेपछि तिनै महिलाले सबिनालाई न्यायको उपाय सिकाइदिइन्। लगत्तै उनी प्रहरीमा पुगिन् र डम्बर आउने दिनको मितिसहित उजुरी दिएर फर्किइन्।

‘उसलाई यत्तिकै छाड्यो भने फेरि आउँछ र मलाई मार्छ,’ उनले भनिन्, ‘बलात्कारीलाई कडाभन्दा कडा सजाय होस्।’ अाजको नागरिक दैनिकमा पवित्रा सुनारले यो समाचार लेखेकी हुन् ।

प्रकाशित मिति: ७ श्रावण २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्