Deshko News
१२ मंसिर २०८०, मंगलबार

अधिकारकर्मी प्याकुरेललाई अमेरिकामा ‘हिरो अवार्ड’


 


वासिङ्टन डिसी, भदौ १२

नेपाली युवा गुणराज प्याकुरेललाई अमेरिकास्थित ‘युथ ह्युमन इन्टरनेशनल’ले प्राकृतिक विपत्तिका बेलामा मानवीय उद्धारका क्षेत्रमा उल्लेखनीय कार्य गरेको भनी मानव अधिकारसम्बन्धी ‘हिरो अवार्ड २०१७’ प्रदान गरेको छ ।

युथ फर ह्युमन राइटस् इन्टरनेशनलका अध्यक्ष मेरी सेटलवर्थले प्याकुरेललाई उक्त अवार्ड प्रदान गर्नुभयो । राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा आयोजित एक समारोहबीच प्याकुरेललाई १४आैं अन्तर्राष्ट्रिय वार्षिक सम्मेलनका अवसरमा उक्त अवार्ड प्रदान गरिएको हो ।

प्याकुरेल युथ फर ह्युमन राइटस् नेपालका राष्ट्रिय प्रतिनिधिका रुपमा कार्यरत हुनुहुन्छ । शनिबारसम्म चलेको सम्मेलनमा प्याकुरेललाई विपत्का बेलामा उद्धार कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै अवार्ड प्रदान गरेको हो, नेपालमा गएको विसं २०७२ को भूकम्पका बेलामा प्याकुरेलको सहभागितामा विश्वका ८५ स्वयंसेवक उद्धार कार्यमा खटिएका थिए ।

अवार्ड नेपालीका लागि अन्तर्राष्ट्रिय फोरममा महत्वपूर्ण भएको भन्दै प्याकुरेलले रासससँग भन्नुभयो, “आफूलाई यस क्षेत्रमा क्रियाशील हुन थप हौसला मिलेको छ । सम्मेलनमा विश्वका ४० देशका प्रतिनिधिको सहभागिता थियो । रासस

प्रकाशित मिति: १२ भाद्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्