अमेरिकामा ठूलो आँधीपछि बाढी : करिब दुई हजारको उद्धार




टेक्सास, भदौ १२
अमेरिकाको टेक्सस् राज्यमा इतिहासकै सबैभन्दा ठूलो आँधीपछि ह्युस्टन र नजिकैका क्षेत्रले ठूलो प्राकृतिक विपद्को सामना गरिरहेका छन्।

ह्युस्टन् महानगर क्षेत्रमा बाढीको खतरा कायमै छ र शहरमा यात्रा गर्न असम्भव भएको छ। त्यहाँ ३० इन्च भन्दा बढी पानी परिसकेको छ र भारी वर्षा अझै जारी रहने भविष्यवाणी गरिएको छ।

हार्भी नामक आँधीले भारी वर्षा गराएपछि ह्युस्टन र वरपरका क्षेत्रमा व्यापक डुबान भएको छ। करिब दुई हजार पीडितको उद्धार भइसकेको अधिकारीहरुको भनाइ छ।

कतिपय स्थानमा मानिसको मृत्यु भएको र गाडीहरु पानीमा डुबेका विवरणहरु सार्वजनिक भएका छन्। तर ह्यारिस् काउन्टीका एक अधिकारी ड्यारील कोलम्यानले ती घटनाबारे अनुसन्धान भइरहेको बताए।

ह्युस्टनमा विनाशकारी बाढी
राष्ट्रिय मौसम सेवा, न्याशनल वेदर सर्भीस्‌का अनुसार परिस्थिति अकल्पनीय छ। ह्युस्टन् महानगर क्षेत्रमा बाढीको खतरा कायमै छ र शहरमा यात्रा गर्न असम्भव भएको छ।

गभर्नर ग्रेग् अबोट्‌का अनुसार टेक्सस्‌का २५० सडकहरु बन्द गरिएका छन्। डुबान पीडितलाई आश्रय दिन कैयौं आपतकालीन अस्थायी बसोबास केन्द्रहरु खोलिएका छन्। गभर्नर ग्रेग अबोटका अनुसार टेक्ससका २५० सडकहरु बन्द गरिएका छन्। बीबीसी

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News