एक दर्जन राष्ट्रिय कलाकारहरुले भोजपुर तताउदैं


 


दशैं तथा तिहारको अवसरमा डाईमण्ड नेपालले भोजपुरको स्थानीय टुडिखेलमा यहि भाद्र ३१ गते शनिबारका दिन डाईमण्ड कन्सर्ट २०७४ गर्ने भएको छ ।

एक दर्जन ख्याति प्राप्त राष्ट्रिय कलाकारहरुको साथमा हुने उक्त कार्यक्रममा मेगास्टार नामबाट परिचित सर्वाधिक लोकप्रिय गायक राजेश पायल राई , तक्मे बुढा विल्सन बिक्रम राई , पप गायक प्रमोद खरेल, पप गायक कमल खत्री साथमा गायक तथा मोडल जुनु प्रसाईं , गायक तथा संगितकार श्याम सामसोङ राई , गायक तथा मोडल योगेन्द्र राई , गायक तथा संगितकार दावा के शेर्पा , गायिका तथा संगितकार चन्द्रकला राई , गायक रमेश बान्तवा , गायक सुरेन्द्र पुलामी मगर , गायक विभुषण राई र भोजपुर आईडल सिजन २ विजेता पुर्ण बहादुर राईले भोजपुर तताउने भएका हुन् ।

डाईमण्ड नेपालद्वारा सञ्चालित डाईमण्ड डान्स एण्ड ड्रामा क्रु भोजपुरको प्रशिक्षण भवन निर्माण सहयोगार्थ डाईमण्ड कन्सर्ट २०७४  हुन लागेको डाईमण्ड नेपालका सचिव निमाराज तामाङले जानकारी दिए ।

कार्यक्रमबाट प्राप्त लाभांशले भोजपुरको कुना कन्दरामा रहेका नव प्रतिभाहरुलाई राष्ट्रको एक नक्षत्र कलाकार निर्माण गर्नका लागि खर्च गर्ने तामाङले बताए ।

कार्यक्रमको लागि देश विदेशमा छरिएर रहेका नेपालीहरुले सहयोग गरिरहेको जानकारी दिदै तामाङले सबैलाई अझै सहयोगको लागि आव्हान गरेका छन् ।

प्रकाशित मिति: १२ भाद्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्