छक्का पञ्जा–२ को ‘झ्याम्म झ्याम्म’ सार्वजनिक


 



काठमाडौं, भदौ १३

दिपक राज गरी र दीपा श्रीनिरोलाको आगामी चलचित्र छक्का पन्जा–२ को नयाँ गीत ‘झ्याम्म झ्याम्म’ सार्वजनिक भएको छ ।
गीत सोमबार सार्वजनिक गरिएको हो ।

गीतमा हरिवंश आचार्य र आस्था राउतको स्वर, किरण कँडेलको संगीत, उत्तम संजेलको शब्द छ । चलचित्रको यो भिडियोमा कविराज गहतराजको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायांकन छ । गीतमा अतिथी कलाकारको रुपमा विल्सन विक्रम राइले नृत्य गरेका छन् ।

यसअघि यो चलचित्रको ‘ए दाजु नसमाउ नाडीमा’ बोलको गीत सार्वजनिक भएको थियो । जुन विवादित पनि बनेको थियो ।

प्रकाशित मिति: १३ भाद्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्