शुक्रकिट बेच्न यस्तो भिड


 


कहिले महिलाको दुधबाट बनेका सावुन त कहिले केटीहरुका लागि भाडामा ब्वायफ्रेण्डको व्यवस्था । यस्तै अनौठो तथा रोचक कामहरुका कारण चर्चामा रहने गरेको एक अनलाइन सपिङ साइटले अर्को फण्डा सुरु गरेको छ ।

चीनको अनलाइन सपिङ वेबसाइट ताओबाओले अब शुक्रकिटको खरीद बिक्रि सुरु गरेको छ । अहिले ताओबाओमा आफ्नो शुक्रकिट बिक्रिका लागि अप्वाइन्टमेन्ट लिनका लागि हजारौँ चिनियाहरुले रस्साकस्सी गरिरहेका छन् ।

अनलाइन सपिङ साइटमा शुक्रकिट बिक्रिवापत मोटो रकम पाइने भएपछि तन्नेरीहरुबीचमा आफ्नो शुक्रकिट बिक्रिका लागि होडबाजी चलेको हो । ताओबाओले हरेक शुक्रकिट दातालाई शुक्रकिट दान वापत ५ सय देखि ७ सय डलरसम्म पुरस्कार दिने गरेको छ ।

सोही कारण मानिसहरुमा आफ्नो खेर जाने शुक्रकिट बेचेर पैसा कमाउने होड मच्चिएको हो । साथै उक्त वेबसाइटले पितृत्व तथा फर्टिलिटी टेष्ट लगायतका सुविधा समेत दिएको छ ।

ताओबाओको यो अफरले एउटा ठूलो ‘उपहार धमाका’ को रुप लिएको छ । यो अफर सुरु गरेको ७२ घण्टा भन्दा कम समयमै चीनका विभिन्न ७ वटा शुक्रकिट बैंकहरु मध्ये एउटामा मात्रै २२ हजार १७ जना मानिसहरु शुक्रकिट दानका लागि स्विकृति जनाएका छन् ।

अन्य केन्द्रहरुमा पनि शुक्रकिट दाताको त्यस्तै घुइँचो लागेको छ । खासगरी बेइजिङ, सांघाइ तथा ग्वांगझु लगायतका सहरमा शुक्रकिट बिक्रिका लागि मानिसहरु बढि लालायित भएको पाइएको छ ।

त्यसका साथै १ सय ३७ पुरुषले पितृत्व तथा ४ हजार ६० पुरुषले आफ्नो शुक्रकिटको परीक्षण गराएको बताइएकेा छ ।

यो सामाग्री हामीले अनलाइनखबरबाट लिएका हौं

प्रकाशित मिति: ७ श्रावण २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्