नेपाली गुगल ब्वाईले गरे नेपाल आइडलको भविष्यबाणी, को होला प्रथम नेपाल आइडल ?


 


नेपाली गुगल ब्वाई भनेर चिनिने बालक आदित्य दाहालले फेरी अर्को सनसनीपूर्ण भविश्यवाणी गरेका छन । अन्तराष्ट्रिय फ्रेंजाईज शो ‘नेपाल आइडल’ को फाइनल हुनै लाग्दा दाहालले यस्तो भविष्यवाणी गरे पछी उनको पुनस् चर्चा हुन थालेको छ ।

उनले ‘नेपाल आइडलको बिजेता निशान भट्टराई हुन्छ’ भनेर कपिमा लेखेर आफ्नो भविष्यवाणी गरेका हुन् । नेपाल आइडल नेपाली रियालिटी शो मध्य कै सबै भन्दा ठुलो पुरष्कार राशिको शो हो ।

बिजेताले २० लाख रुपैयाको साथमा महिन्द्र केयुभी १०० कार पनि प्राप्त गर्नेछन् । बिजेताले मात्र हैन फस्ट रनर अपले १५ लाख रुपैया र सेकेन्ड रनरअपले पनि १० लाख रुपैया पुरष्कार राशि प्राप्त गर्नेछन् ।

हजारौ प्रतिष्पर्धीलाई पाखा लगाउदै अहिले टप ४ मा आइ पुगेका प्रतिष्पर्धीहरु हुन् – निशान भट्टराइ, सागर आले, बुद्द लामा र प्रताप दास । आदित्य दाहालको भविश्यवाणी सहि होला या नहोला त्यो त भविष्यले नै बताउँला ।

को हुन् आदित्य दाहाल ?

झापाका शेषराज र ईश्वरा दाहालका छोरा हुन आदित्य । २०६७ मा जन्मेका उनी अहिले ७ बर्षका भए। बोल्न, हिँडडुल गर्न नसक्ने दाहालले लिखित रूपमा अद्भुत खालका धारणा व्यक्त गर्दै आएका छन् ।

विद्यालय नगएका र अक्षरसमेत नचिनेका दाहालले एकाएक गम्भीर विषयलाई लिखित रूपमा अभिव्यक्ति गर्न थालेपछि दाहाल चर्चामा छन् । झन्डै चार वर्षको उमेरमा उनको यस्तो प्रतिभा प्रस्फुटन भएको थियो । त्यसपछि उनका धेरै अनुयायी बन्दै गएका छन् । त्यसमध्ये धेरै नेताहरूसमेत बालक दाहालको क्षमताबाट प्रभावित छन् ।

देशमा आदित्यजस्ता अशक्त बालक कैयन होलान्, तर आदित्य अरुभन्दा असाधारण रुपले भिन्न छन् । त्यो भिन्नता हो, उनको अविश्वसनीय मानसिक क्षमता, जसलाई प्रत्यक्ष नदेखिकन पत्याउनै मुस्किल पर्छ । आदित्यले आजसम्म स्कुलको मुख पनि देखेका छैनन्, न कसैले उनलाई अक्षर चिनाउने प्रयास गरेको छ ।

तर, उनी कागजमा लेखेर संसारका अनेक जटिल प्रश्नहरुको उत्तर दिन्छन् । देश देशावर घुमेको, अनेक शास्त्र घोकेको सिद्धहस्त महापुरुषले जसरी अर्ति उपदेश दिन्छन् ।

आदित्यले लेख्ने कतिपय शब्द र तीनका भाव सामान्य व्यक्तिलाई बुझ्न पनि कठिन हुन्छन् । उनले नेपाली र अंग्रेजी मात्र होइन, जापानी, चाइनिज रसियन लगायतका भाषामा समेत लेखेर सबैलाई चकित तुल्याएका छन् । दैवीशक्तिमा विश्वास नगर्नेहरुका लागि भीमकाय प्रश्नवाचक चिन्ह बनेर उभिएका छन् आदित्य ।

प्रकाशित मिति: १३ भाद्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्