यस्ता छन् नेपाल आइडलका चार प्रतिस्पर्धी, को-कस्ता ? पढ्नुहोस्


 


निशान भट्टराई
ठेगाना : उर्लाबारी, मोरङ
उमेर : २१ वर्ष
शिक्षा : बीबीएस अध्ययनरत
दुईवटा चर्चित प्रतियोगितामा मोरङ उर्लाबारीका दुई प्रतियोगी देखा परे । नेपाल आइडलमा निशान भट्टराई र मिस नेपालमा निकिता चान्डक । निकिताले ताज चुमेर उर्लाबारीवासीबाट स्याबासी पाइसकेकी छन् भने निशान त्यस्तै इतिहास बनाउन प्रयासरत छन् ।

बीबीएस अध्ययनरत २१ वर्षीय भट्टराई सानैदेखि गीतसंगीतप्रति रुचि राख्थे । निशानको गायनकलाका कारण उनी पनि नेपाल आइडलका प्रबल दाबेदार मानिएका छन् । गजल, आधुनिक गायनमा रुचि राख्ने उनी सबै खाले गीत गाउन सक्छन् । गजल र आधुनिक शैलीका गीत बढी मन पराउने निशाल भट्टराई सबै खाले गीत गाउन सक्छन् ।

सानैदेखि गीतसंगीतप्रति अगाध रुचि एवं परिवारको साथ र सहयोगले गायन क्षेत्रमा लाग्न आफूलाई सहज भएको उनको भनाइ छ । अहिले मनोजराज शिवाकोटीसँग संगीत सिकिरहेका उनले यसअघि विशाल राई, यशोधा शाक्य र कमला खनालसँग पनि केही समय संगीत सिकेका छन् ।

सागर आलेमगर
ठेगाना : नारायणगढ चितवन
उमेर : २० वर्ष
शिक्षा : प्लस टु
सागर आलेमगर
प्लस टु गरेका सागर आलेमगरले पनि नेपाल आइडलमा उत्कृष्ट ४ सम्मको यात्रा तय गरेका छन् । चितवनका २० वर्षीय मगर सबै प्रकारका गीत सुन्न र गाउन मन पराउँछन् ।

अहिलेसम्म औपचारिक रूपमा संगीत नसिके पनि उनको गायनकौशल र स्वर लोभलाग्दो छ । नेपाल आइडलमा आएर आफूले संगीतसम्बन्धी धेरै कुरा सिकेको उनको भनाइ छ ।

परिवारमा सांगीतिक वातावरण भएकाले यस क्षेत्रमा आकर्षित भएका आलेमगरले नेपाल आइडलका लागि नारायणगढबाट अडिसन दिएका थिए ।

सबै प्रकारका गीत सुन्न र गाउन रुचाउने सागर आलेमगरलाई नारायण गोपाल, ज्ञानु राणा, तारा थापा, भक्तराज आचार्य एवं एड्रियन प्रधानको स्वर मन पर्छ ।

परिवारमा सांगीतिक वातावरण भएकाले यस क्षेत्रमा आफूलाई सजिलो भएको उनको भनाइ छ । नारायणगढबाट अडिसन दिएका उनी नेपाल आइडलको अन्तिम चरणसम्म पुग्नेमा आशावादी छन् ।

बुद्ध लामा
ठेगाना : नयाँबजार, पोखरा
उमेर : २० वर्ष
शिक्षा : प्लस टु अध्ययनरत

प्लस टु अध्ययनरत २० वर्षीय पोखरा, नयाँबजारका बुद्ध लामा प्रतियोगिताका प्रबल दाबेदारमा पर्छन् । दिदी र दाइका कारण गायन क्षेत्रमा लाग्न सम्भव भएको बताउने उनी पुराना र आधुनिक शैलीका गीत मन पराउँछन् ।

नेपाल आइडलमा आएपछि उनले जति मेहनत गरेका छन्, श्रोता दर्शकको साथ पनि त्यत्तिकै पाउँदै आएका छन् । सामान्य परिवारका बुद्धलाई मेहनत र गायनकौशलकै कारण धेरैले मन पराएको देखिन्छ ।

नेपाल आइडलका लागि पोखराबाट अडिसन दिएर यात्रा तय गरेका बुद्ध लामाले तीर्थराज पोखरेलसँग संगीत सिकेका छन् । परिवार खासगरी दिदी र दाइका कारण गायनमा लाग्न प्रेरणा मिलेको उनको भनाइ छ ।

नारायणगोपाल, भक्तराज आचार्य र अनिल सिंहको स्वर मन पराउने उनी पुराना र आधुनिक शैलीका गीत बढी मन पराउँछन् ।

प्रताप दास
ठेगाना : झरुवारासी, ललितपुर
उमेर : २२ वर्ष
शिक्षा : स्नातक (अध्ययनरत)
सबै खाले गीत सुन्न र गाउन मन पराउने प्रताप दास नेपाल आइडलका प्रबल दाबेदार मानिएका छन् । ललितपुर झरुवारासीका २२ वर्षीय प्रताप पारिवारिक वातावरण नै सांगीतिक भएकाले यस क्षेत्रप्रति आकर्षित भएका हुन् ।

लगभग तीन वर्ष गायनसम्बन्धी प्रशिक्षण लिएका उनी नारायणगोपाल र कर्णदासको स्वरबाट प्रभावित छन् । स्नातक अध्ययनरत उनी अहिले आफ्नो एकमात्र लक्ष्य नेपाल आइडल भएको बताउँछन् ।

नारायणगोपाल र कर्णदासको स्वर मन पराउने प्रताप दास प्राय:सबै प्रकारका गीत गाउन र सुन्न मन पराउँछन् । पारिवारिक वातावरण नै सांगीतिक भएकाले आफूलाई यस क्षेत्रमा लाग्न र अघि बढ्न सजिलो भएको उनको भनाइ छ ।

प्रकाशित मिति: १४ भाद्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्