एलएलबी र बिएस्सीको परीक्षाफल प्रकाशित


 


काठमाडौँ, साउन ७
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले एलएलबी र बिएस्सीको परीक्षाफल प्रकाशित गरेको छ । २०७१ सालमा सञ्चालित कानुन सङ्कायतर्फ एलएलबी प्रथम वर्ष (आंशिक) को परीक्षाको परीक्षाफल बिहिबार प्रकाशन गरेको हो ।
त्यस्तै  २०७१ साल कात्तिकमा सञ्चालित विज्ञानतर्फ स्नातक प्रथम वर्षको आंशिक (तीन र चार बर्से) परीक्षाको परीक्षाफल पनि प्रकाशित गरिएको विश्वविद्यालयले जनाएको छ ।

प्रकाशित मिति: ७ श्रावण २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्