नेपाली जनसम्पर्क समिति अमेरिकाद्वारा महायज्ञमा सवा लाख डलर सहयोग


 



अमेरिका, भदौ १६
अमेरिकामा रिजवुड नेपाली समाजले आयोजना गरेको श्रीमद् भागवत महायज्ञमा नेपाली जनसम्पर्क समिति अमेरिकाले १ लाख २५ हजार डलरको सहयोग गर्ने घोषणा गरेको छ ।

समाजले सांस्कृतिक केन्द्र बनाउन करिब १ करोड़ २५ लाख रूपैयाँ बराबरको चेक रिजउड नेपाली समाजलाई हस्तान्तरण गरेको छ
। नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टले अन्य पदाधिकारीहरुको उपस्थितिमा महापुराणको अन्तिम दिन चेक हस्तान्तरण गरेका हुन् ।

त्यो नै महापुराणमा उठेको सबैभन्दा ठूलो रकम हो । रिजउड नेपाली समाज तथा महापुराण आयोजक समितीले नेपाली जनसम्पर्क समिति अमेरिकालाई बिशेष धन्यबाद दिएको छ । समितिका अध्यक्ष बिष्टले रिजवुड नेपाली समाज लाई गरेको कदम र अहोरात्र खट्ने सवैमा कृतज्ञता ज्ञापन गरे ।

 

प्रकाशित मिति: १६ भाद्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्