न्यूयोर्कमा हरेक हप्ता नेपाली फिल्म


 


बाल कृष्ण भट्ट,
न्युयोर्क, भदौ १६
हरेक हप्ता काठमाडौंमा रिलिज भएका नेपाली फिल्महरुको शनिबार र आईतवार गरी ४ वटा शो न्यूयोर्कमा प्रर्दशन गरिने भएको छ ।

न्यूयोर्कमा छरीएर रहेका नेपाली तथा भुटानी जनसमुदाय र नेपाली भाषीहरुलाई लक्षित गरेर नेपाली फिल्मको न्यूयोर्कमा ब्यवसायिक प्रदर्शनी गरिन लागेको हो ।

एनआरएनमा समेत सक्रिय सदस्य आयोजक तथा संञ्चालक एवं सफल ब्यवसायी पवन योन्जन र अन्य युवाहरुको पहलमा उहाँले उक्त प्रदर्शन गर्न लाग्नुभएको हो ।

६५० जना दर्शक क्षमता रहेको हलमा गरिने उक्त ब्यवसायिक प्रदशनीमा नेपाली चलचित्र हेर्न दर्शकहरुलाई २० डलरको टिकट कायम गरिएको छ ।

पहिले पहिले आफूहरुले प्रदर्शन गरेको चलचित्र र त्यसबाट प्राप्त अनुभवहरुले नै आफूहरुलाई ब्यवसायिक प्रदर्शनको आँट आएको योन्जनले जानकारी गराउनुभयो ।

प्रकाशित मिति: १६ भाद्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्