सुनको भाउ आज फेरी पाँच सय बढ्यो


 


काठमाडौं, भदौ १६
साताको अन्तिम दिन आज सुनको भाउ पाँच सय रुपैयाँले बढेको छ । बुधबार र बिहिबार घटेको सुनको मूल्य आज बढेको हो ।
आज प्रतितोला सुन ५६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो ५६ हजार प्रतितोला सुनको कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला पाँच रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला सात सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १६ भाद्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्