नेपाल आइडलमा चारै जना सुरक्षित, तर कसरी ? (हेर्नुहोस् भिडियो)


 


काठमाडौं, भदौ १६
बहुचर्चित रियालिटी शो नेपाल आइडलको आज रिजल्ट डे । को आउट होला ? को सुरक्षित होला ? अनेक अडकलबाजी भइरहेका छन् ।

हिजो अर्थात बिहिबार नेपाल आइडलको टप चारमा रहेका प्रतिस्पर्धीहरुले प्रतिस्पर्धा गरेका थिए । सोही अनुरुप आज रिजल्ट हुनु पर्ने हो ।

तर आज टप चारमा रहेका निशान भट्टराई, बुद्ध लामा, प्रताप दास र सागर आले कोही पनि आउट भएका छैनन् । सुरुमा निशान र बुद्धले गीत गाए पनि उनिहरुको नतिजा पछि घोषणा गर्ने कार्यक्रम सञ्चालक सुशिल नेपाल र रिमा विश्वकर्माले भनेका थिए ।

प्रतिस्पर्धीहरुको आज नतिजा घोषणा गरिएको छैन् । अर्काे हप्ता नतिजा घोषणा हुने भएको हो । एक प्रतिस्पर्धी आउट भएपछि नेपाल आइडलको ग्राण्ड फिनाले असोज ६ गते कतारको राजधानी दोहामा हुँदैछ ।

नेपाल आइडलले २० लाख नगद सहित महिन्द्राको कार पाउँदैछन् भने फस्ट रनअरअपले १५ र सेकेण्ड रनअरअपले १५ लाख नगद पाउँदैछन् ।

हेर्नुहोस् भिडियो

https://www.youtube.com/watch?v=AItsOot5Cyg

प्रकाशित मिति: १६ भाद्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्