नेपालमा वर्षेनी कति रेमिट्यान्स भित्रिन्छ ?


 


काठमाडौँ, भदौ १६

नेपालमा वार्षिक रु सात खर्बको विप्रेषण भित्रिने गरेको छ । त्यस रकमको १५ प्रतिशतको कारोबार सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिले गर्दै आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

देशमा हाल ४० प्रतिशत मानिस मात्र बैंकिङ पहुँचमा रहेको र बाँकी ६० प्रतिशतले बैंक देख्न पाएको छैन । बैंकिङ सेवा नपुगेको दुर्गम जिल्लामा पनि सिटी एक्सप्रेसले एजेन्टमार्फत विदेशबाट पठाएको रकमको कारोबार गर्दै आएको छ ।

सो कम्पनीले गाउँगाउँमा फैलिएर रहेका पाँच हजारभन्दा बढी आफ्ना एजेन्टमार्फत मासिक तीन लाखभन्दा बढी सेवाग्राहीको सेवा गर्दै आएको सो प्रालिका प्रबन्ध निर्देशक चन्द्र टण्डनले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १७ भाद्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्